कमन्स:स्वागतम्

From Wikimedia Commons, the free media repository
Jump to navigation Jump to search
This page is a translated version of a page Commons:Welcome and the translation is 97% complete. Changes to the translation template, respectively the source language can be submitted through Commons:Welcome and have to be approved by a translation administrator.

विकिमिडिया कमन्स के हो ?

विकिमिडिया कमन्स एक "मिडिया फाइल भण्डार" हो जसले सार्वजनिक डोमेन र स्वतन्त्र रूपमा अनुमित पत्र प्राप्त शैक्षिक मिडिया सामग्री (छविहरू, ध्वनि र भिडियो क्लिपहरू) सबैका लागि आफ्नै भाषामा उपलब्ध गराउँछ। यसले विकिमिडिया फाउन्डेसनका विभिन्न परियोजनाहरूको लागि एक सामान्य भण्डारको रूपमा कार्य गर्दछ तर यहाँ रहेका मिडिया प्रयोग गर्न तपाईलाई ती परियोजनाहरू मध्ये कुनै एकसँग सम्बन्धित हुनु आवश्यक छैन। भण्डार सशुल्क अभिलेखकर्ताहरूद्वारा होइन, तर स्वयंसेवकहरू द्वारा सिर्जना र हेरविचार गरिएको छ। कमन्सको दायरा परियोजना दायरा पृष्ठहरूमा राखिएको छ।

विकिमिडिया कमन्सले विकि-प्रविधिलाई विकिपीडियाको रूपमा प्रय���ग गर्दछ र सबैले यसलाई सम्पादन गर्न सक्दछन्। अन्य परियोजनाहरूमा अपलोड गरिएका मिडिया फाइलहरूको विपरीत, विकिमिडिया कमन्समा साझा गरिएका फाइलहरू सबै विकिमिडिया परियोजनाहरूको पृष्ठहरूमा अलग-अलग अपलोड गर्न आवश्यक बिना आबद्ध गर्न सकिन्छ।

सेप्टेम्बर ७, २००४ मा गठित कमन्सको ३० नोभेबर २००६ मा यहाँ साझा गरिएका मिडिया फाइलको सङ्ख्या १,०००,००० पुग्यो र अहिले यसमा १०७,००१,९४३ फाइलहरू र $2 लेखहरू छन्। यो परियोजनाको अरू तथ्याङ्क कमन्सको बारेमा विकिपिडियाको पृष्ठमेटा विकिमा भएको कमन्सको पृष्ठको सामान्य स्वीकारोक्तिमा हेर्न सक्नुहुनेछ।

विकिमिडिया कमन्स परम्परागत मिडिया भण्डारहरूको विपरीत, विकिमिडिया कमन्स "नि:शुल्क" हो। सबैलाई यहाँ कुनै पनि फाइलहरू प्रतिलिपि गर्न, प्रयोग गर्न र परिमार्जन गर्न अनुमति दिइएको छ जबसम्म उनीहरूले लेखकद्वारा निर्दिष्ट सर्तहरू अनुसरण गर्दछन्; यसको अर्थ प्राय: स्रोत र लेखक (हरू) लाई उचित रूपमा श्रेय दिनु र अरूलाई समान स्वतन्त्रता अन्तर्गत प्रतिलिपिहरू / सुधारहरू जारी गर्नु हो। प्रत्येक व्यक्तिगत मिडिया फाइलको अनुमतिपत्र सर्तहरू उनीहरूको वर्णन पृष्ठमा फेला पार्न सकिन्छ। विकिमिडिया कमन्स डाटाबेस र यसमा भएका पाठहरू क्रिएटिभ कमन्स एट्रिब्यूसन/सेयर-एलाइक अनुमतिपत्र अन्तर्गत इजाजतपत्र प्राप्त छन्। पुन: प्रयोगको बारेमा थप जानकारीको लागि Commons:Reusing content outside Wikimedia and Commons:First steps/Reuse हेर्नुहोस्।

भाग लिनुहोस्

तपाईँले जे गर्न सक्नुहुन्छ, त्यो विकिमिडिया कमन्सलाई योगदान गर्नुभयो भने तपाईँले विकिमिडिया कमन्सलाइ अझ सुधार्न सक्नुहुनेछ:

आफ्नो काम योगदान गर्नुहोस्

तपाईँ फोटोग्राफर हुनुहुन्छ भने आफ्नो अमूल्य तस्वीरहरू योगदान गर्न नहिचकिचाउनुहोस्। तपाईँ डिजाइनर हुनुहुन्छ भने हेर्नुहोस कुन चाँही चित्र वा एनिमेसन अत्यावश्यक छन् । तपाईँ राम्रो सङ्गितकार वा कलाकार हुनुहुन्छ भने आफ्नो रेकर्डहरू यहाँ राख्न नहिकिचाउनुहोस्।

आफ्नो क्षमता योगदान गर्नुहोस्

तपाईँले आफ्नै फाईलहरू अपलोड गर्नुपर्छ भन्ने छैन । त्यसबाहेक पनि तपाईँले गर्ने कुरा धेरै छन्:

आफ्नो समय योगदान गर्नुहोस्

तपाईँ राम्रो लेखक या कलाकार हुनु आवश्यक छैन। तपाईँले घरमै बसेर लेखहरू लेख्नुभई हाम्रो सहयोगी हात बन्न सक्नुहुने छ।

भ्रमण

दर्ता

आफ्नो फाइलहरू अपलोड गर्न तपाई प्रवेश हुनुपर्छ। तपाईले हरेक पृष्ठको दाँया भागको माथिल्लो कुनामा भएको "प्रवेश / खाता खोल्नुहोस्" मा गई खाता खोलेर आफ्नो फाइलहरू अपलोड गरी योगदान गर्नसक्नुहुनेछ। तर पृष्ठहरू सम्पादन गर्न चाँहि तपाईँलाई खाता खोल्नै पर्छ भन्ने छैन। यदि तपाईँले एकीकृत प्रवेश अपनाउनुभएको छ भने तपाईँ सोझै कमन्समा दर्ता हुनुहुनेछ।

पहिलो कदमको छोटो तालिम

हाम्रो पहिलो कदम सहयोग फाईलबारम्बार सोधिने प्रश्नहरूले तपाईँलाई दर्तापछि सहयोग गर्ने छन् । यी पृष्ठहरूले फाईलहरूको सम्पादन, फाईलहरूको अपलोड र हाम्रो लाइसेन्स गर्ने तरिकाका बारेमा पनि ज्ञान दिनेछन् । यँहा योगदान गर्न तपाईँलाई प्राविधिक शिक्षा आवश्यक पर्दैन । बोल्ड हुनुहोस् र यँहा योगदान गर्नुहोस् । यो विकि हो - साँच्चै सजिलो छ ।

अधिक जानकारी सामुदायिक पोर्टलमा उपलब्ध छ। तपाईले चौतारीमा अथवा आइआरसी च्यानल #wikimedia-commons webchat मा पनि सहयोग माग्न सक्नुहुनेछ।

विकिमिडियामा फाइलहरू श्रेणी र ग्यालरीमा व्यवस्थित गरिएका हुन्छन्। श्रेणीको रूप तपाईले गृह पृष्ठमा हेर्न सक्नुहुन्छ।

Put Babel boxes on your user page so others know what languages you can speak and indicate your graphic abilities. All your uploads are stored in your personal gallery. Please sign your name on Talk pages by typing ~~~~. If you're copying files from another project, be sure to use the FileImporter.

थप सेवा तथा सफ्टवेयर

यदि तपाईलाई एकैपटकमा धेरै फाइल अपलोड गर्न गाह्रो लाग्छ भने तपाईले फाइल अपलोड सेवा प्रयोग गरि अरूमार्फत अपलोड गर्न सक्नुहुन्छ। धेरै तस्वीर अपलोड गर्नु परेमा कमनिस्ट सहयोगी हुन सक्छ। तपाईलाई लेख तथा अन्य कुरा हेरफेर गर्न सहयोग चाहिएमा सफ्टवेयर पृष्ठमा जानुहोला।

हामीलाई आशा छ, तपाई विकिमिडिया कमन्समा उत्साहित हुनुका साथै रमाइलो गर्नुहुने छ।