![megaphone signifying an announcement](https://cdn.statically.io/img/www.healthvermont.gov/sites/default/files/styles/default/public/image/adm-icons-announcement.png?itok=nzZTRtTj)
भर्मोन्टका केही भागहरूमा बाढी आएको छ । सुरक्षित रहने तरिका जान्नुहोस् ।
भर्मोन्टका केही भागहरूमा बाढी आएको छ । सुरक्षित रहने तरिका जान्नुहोस् ।
यस पृष्ठमा तपाईंले स्वास्थ्य विभागले साझा गर्नुपर्ने केही महत्त्वपूर्ण जानकारी देख्नुहुनेछ। यस पृष्ठको तल्लो भागमा तपाईंको भाषामा अनुवाद गरिएका कागजात र भिडियोहरूको तालिका छ। यो पृष्ठका साथै कागजात र भिडियोहरूलाई व्यावसायिक रूपमा अनुवाद गरिएको थियो र धेरैको स्थानीय समुदायका सदस्यहरूद्वारा समीक्षा पनि गरिएको थियो।
> स्वास्थ्य विभागका सबै अनुवादहरूको सूची हेर्नुहोस्। सम्पूर्ण वेबसाइटमा अनुवादहरू भेटाउनका लागि यो चिन्ह खोज्नुहोस्:
HealthVermont.gov वेबसाइटमा अन्य धेरै स्वास्थ्य जानकारी छ र तपाईंले सम्पूर्ण साइट र धेरै अनलाइन फारमहरूका स्वचालित अनुवाद हेर्न Google Translate प्रयोग गर्न सक्नुहुन्छ। त्यसो गर्न, पृष्ठको शीर्ष दायाँ कुनामा रहेको "Select Language (भाषा चयन गर्नुहोस्)" छनौट गर्नुहोस��।
यो पृष्ठको तल Google Translate का बारेमा थप पढ्नुहोस्।
निःशुल्क भाषा सेवा प्राप्त गर्न [email protected] मा इमेल गर्नुहोस्। तपाईंसँग निःशुल्क दोभाषे सेवाहरूको अधिकार छ।
स्वास्थ्य विभागले सबै भर्मन्टरवासीहरूले हामीले साझा गर्ने जानकारी, सेवा र स्रोतहरू प्रयोग गर्न सक्छन् भन्ने कुरा सुनिश्चित गर्ने काम गर्छ। हाम्रो पहुँचसम्बन्धी कथन पढ्नुहोस्।
विशेषगरी तपाईं जवान, गर्भवती, स्वास्थ्य अवस्थाहरू भएको, निश्चित औषधिहरू लिने व्यक्ति हुनुहुन्छ वा वृद्ध हुनुहुन्छ भने मदिरा, गाँजा, हेरोइन, प्रेसक्रिप्सनका ओपियड र अन्य औषधिको प्रयोगले तपाईंको स्वास्थ्यका लागि हानिकारक ��राउन सक्छ। तपाईंको लागूऔषध वा मदिराको प्रयोग, स्वास्थ्य जोखिम र प्रयोग कसरी कम गर्ने वा रोक्नेबारे आफ्नो स्वास्थ्य हेरचाह प्रदायकसँग कुरा गर्नुहोस्।
तपाईंसँग बच्चा, वृद्ध वा तपाईंले ख्याल राख्ने परिवार वा समुदायका अन्य सदस्यको लागूऔषध वा मदिराको प्रयोगबारे सरोकारहरू छन् भने तपाईंले विश्वास गर्ने व्यक्तिसँग यस बारेमा कुराकानी गर्नु उपयोगी हुन्छ। समुदायका नेतृत्वकर्ता, स्वास्थ्य हेरचाह प्रदायक र विद्यालयका परामर्शदाताहरूले तपाईंका प्रियजनहरूलाई मद्दत गर्ने योजना सिर्जना गराउन तपाईंलाई सहायता र मद्दत गर्न सक्छन्।
तपाईं वा तपाईंले चिन्नुभएको कोही व्यक्तिलाई मदिरा, क्यानाबिज, हेरोइन, प्रिस्क्रिप्सन ओपियड वा अन्य लागूऔषधसम्बन्धी मद्दत चाहिन्छ भने Vermont Helplink (भर्मन्ट हेल्पलिङ्क) को 802-565-5465 मा फोन गर्नुहोस्। Vermont Helplink निःशुल्क र गोपनीय छ। दोभाषे सेवाहरू उपलब्ध छन्।
नालोक्सजोन एक प्रकारको औषधि हो जसले ओपियड औषधि (जस्तै प्रेसक्रिप्सनसहित दिइने दुखाइको औषधि वा हेरोयन) द्वारा गरिने ओभरडोजलाई ठीक गर्न सक्छ। नालोक्सजोन ओभरडोजको क्रममा दिइएको बेला, यसले मस्तिष्कमा ओपियडको असरहरू ब्लक गर्छ र दुईदेखि आठ मिनेटमा श्वास प्रश्वासलाई पुरानै अवस्थामा लिएर जान्छ। कसैले ओपियड औषधि प्रयोग गर्नुहुन्छ वा प्रयोग गर्ने मानिस वरपर हुनुहुन्छ भने नालोक्सजोन बोक्नुपर्छ।
ओपियड ओभरडोज रोकथाम बारेमा (अङ्ग्रेजीमा) थाहा पाउनुहोस्।
WIC, महिला, शिशु र बालबालिका भनेको राष्ट्रिय पोषण कार्यक्रम हो। तपाईंको परिवारलाई WIC दिएर, तपाईंले उनीहरूलाई पोषणयुक्त खाना, स्तनपान सहायता, पोषण शिक्षा र समुदाय स्रोतहरू दिन सक्नुहुन्छ। लाभहरू तपाईंले सोचेभन्दा ठूला छन्।
WIC भर्मोन्टमा बस्ने गर्भवती भएको, भर्खरै बच्चा पाएका , 5 वर्ष मुनिका बच्चाहरू भएका अभिभावकहरू वा हेरचाहकर्ताका लागि हो । तपाईंको परिवारसँग Medicaid/डा. Dynasaur, 3SquaresVT वा Reach Up छ भने तपाईं WIC का लागि योग्य हुनुहुन्छ।
WIC का लागि आवेदन दिन सजिलो छ। तपाईं आफ्नो स्थानीय WIC कार्यालय (दोभाषे सेवा उपलब्ध) मा फोन गर्न सक्नुहुन्छ, अनलाइन आवेदन दिन सक्नुहुन्छ (अङ्ग्रेजीमा) वा तपाईंको स्वास्थ्य हेरचाह प्रदायक वा समुदाय संस्थाले तपाईंलाई WIC रिफर गर्न सक्छ।
WIC अपोइन्टमेन्टहरू वर्षको दुईपटक हुन्छन्। अपोइन्टमेन्टहरू आमनेसामने भेटेर र फोनमार्फत (दोभाषे सेवा उपलब्ध) हुन्छ। WIC अपोइन्टमेन्टहरू बीच, उपस्थित भएर गरिने साथै अनलाइन WIC पोषण क्रियाकलापहरू हुन्छन्।
WIC कर्मचारीसहित पोषणविद, स्तनपान सल्लाहकार र सहकर्मी सल्लाहकारहरूले स्तनपान सहायता प्रदान गर्छन् र शिशुलाई खुवाउने सम्बन्धी थप सिक्न अनलाइन कक्षाहरू प्रदान गर्छन्।
मासिक WIC खानाहरूमा फलफुल र तरकारी, दूध, दही, चिज, अन्डा, तोफु, पिनट बटर, सिमी, ब्रेकफास्ट सेरियल, होल ग्रेन, फलफुलको जुस र शिशुको खाना समावेश हुन्छन्। तपाईंले आफ्नो WIC कार्ड प्रयोग गरेर WIC-अनुमोदित किराना स्टोरहरूमा WIC खाना किन्नुहुन्छ। WIC भिडियोहरू भएको किनमेल र WIC सपर एप थुप्रै भाषाहरूमा उपलब्ध छन्। तपाईंको पहिलो WIC किनमेल अनुभवको क्रममा WIC किनमेल सहयोगीबाट सहायता माग गर्न आफ्नो स्थानीय WIC कार्यालयमा सम्पर्क गर्नुहोस्।
WIC मा सहभागी भएर आफ्नो परिवारलाई यी सबै लाभहरूका साथै अन्य सहयोगी कार्यक्रम र छुटहरू पनि साथै रिफरलहरू (अङ्ग्रेजीमा) दिनुहोस्। तपाईं वा तपाईंले चिन्ने कोही WIC का लागि योग्य हुनुहुन्छ भने आज आवेदन दिनुहोस्!
किटाणुहरूबाट टाढा रहन गाह्रो हुन्छ तर यी सामान्य रोकथाम चरणहरू पालना गर्नुभयो भने तपाईं र तपाईंको परिवार धेरै बिरामी हुने जोखिम कम गर्न सक्छ:
खोपहरू महत्त्वपूर्ण टुलहरू हुन् जसले कोभिड-19 फ्लू, ह्युमन प्यापिलामोभाइरस (HPV), लहरे खोकी र अन्यबाट गम्भीर बिरामी हुन नदिन रक्षा गर्छ। तपाईंलाई आफ्नो जीवनभरि खोप शिशु अवस्थादेखि वयस्कतासम्म आवश्यक हुन्छ। प्रत्येक वर्ष केही खोपहरू सिफारिस गरिन्छ। तपाईं र तपाईंको परिवारका लागि सिफारिस गरिएको खोपहरू (अङ्ग्रेजीमा) बारेमा आफ्नो स्वास्थ्य हेरचाह प्रदायकसँग कुरा गर्नुहोस्।
संक्रमित लामखुट्टे र किर्नाहरूको टोकाईबाट मानिसहरूमा रोगहरू फैलिन सक्छ। आफूलाई रक्षा गर्न सबभन्दा राम्रो तरिका स्प्रिङ, समर र फलमा लामखुट्टे र किर्नाको टोकाई रोकथाम गर्नु हो। बाहिर जाँदा किरा प्रतिरोधक लगाउनुहोस्, किर्ना छ कि भनेर नियमित आफ्नो शरीर हेर्नुहोस् र बाहिर समय बिताएपछि छिटै नुहाउनुहोस्। किर्नाको टोकाई रोकथाम गर्नुहोस् र लामखुट्टेको टोकाई रोकथाम गर्नुहोस् मा थप सुझावहरू पाउनुहोस्।
कहिलेकाहीं "खाद्य विषाक्तता" भनिन्छ, केही प्रकारका ब्याक्टेरियाहरू (जस्तै ई. कोलाई वा साल्मोनेला), परजीवी र भाइरसहरूले मानिसहरूलाई दूषित खाना वा पेय पदार्थ खाए वा पिएमा धेरै बिरामी बनाउन सक्छन्। तपाईंले संक्रमित जनावरहरूबाट पनि यी संक्रमणहरू प्राप्त गर्न सक्नुहुन्छ। लक्षणहरूमा पखाला, पेट दुख्ने वा वान्ता समावेश हुन्छन्। साबुन र पानीले नियमित आफ्नो हातहरू धोएर आफूलाई बचाउनुहोस्—विशेषगरी जनावरहरू चलाएपछि, खानुअघि र बाथरूम प्रयोग गरेपछि वा डायपरहरू परिवर्तन गर्दा—र खाना सुरक्षा उपायहरू (अङ्ग्रेजीमा) खानालाई सही तापक्रममा पकाउने जस्ता पालना गर्नुहोस्।
यौनबाट सर्ने संक्रमण (STIs) भनिने संक्रमणहरू संक्रमित सोझेदारसँगको यौनसम्पर्कबाट सर्न सक्छ। सुरक्षित यौन सम्पर्क गर्न केही उत्कृष्ट तरिकाहरू रोक्ने कुरा प्रयोग गर्ने जस्तै कन्डम र नियमित STIs को परीक्षण गराउने। केही STIs HPV र हेपाटाइटिस A र B जस्ता खोपले रोकथाम गर्ने खालका हुन्छन्। STIs र सुरक्षित यौन (अङ्ग्रेजीमा) बारेमा थप जानकारी प्राप्त गर्नुहोस्।
विशेष निर्देशन भनेको लिखित कागजात हो जसले तपाईं उक्त निर्णयहरू लिन नसक्ने पनि हुन सक्नुहुन्छ भने भविष्यमा चिकित्सा उपचारका लागि तपाईंको चाहना र इच्छा बताउँछ। एकदमै आवश्यक भएको बेला आफ्नो स्वास्थ्य हेरचाह उपलब्ध र प्रदायकहरूसँग आफ्नो विशेष निर्देशनहरू सिर्जना गर्नुहोस् र दर्ता गर्नुहोस्, त्यसैले उनीहरू छिटो पहुँच लिन सक्छन्। विशेष निर्देशनहरू बारेमा (अङ्ग्रेजीमा) थप थाहा पाउनुहोस्।
बिरामीले छनोट (Patient Choice)भनेको अन्तिम अवस्थामा पुग्ने रोग लागेको मानिसहरूसँग आफ्नो जीवन अन्त्य गर्न चाहिने औषधिको मात्रा निर्धारित गर्ने विकल्प हुन्छ। यो विकल्पका लागि भर्मन्टको चिकित्सकका सहभागि��ा आवश्यक हुन्छ। जीवनको अन्त्यमा गरिने निर्णय बारेमा (अङ्ग्रेजीमा) थप थाहा पाउनुहोस्।
तपाईंले महत्त्वपूर्ण (भाइटल) रेकर्डका कपीहरू (जस्तै जन्म, विवाह र मृत्यु प्रमाणपत्रहरू) को प्रमाणित र अप्रमाणित प्रतिलिपिहरू अनलाइन (अङ्ग्रेजीमा) वा मेलमार्फत अर्डर गर्न सक्नुहुन्छ।
प्रमाणित प्रतिलिपिहरू राज्य उत्कीर्ण सुरक्षा कागजमा सिल गरेर प्रिन्ट गरिन्छ। प्रत्येक प्रमाणपत्रको शुल्क $10 हो। अनलाइन सेवाका लागि $2 शुल्क पनि रहेको छ।
अप्रमाणित प्रतिलिपिहरू सादा सेतो कागजमा "अप्रमाणित प्रति" वाटरमार्कसँगै प्रिन्ट गरिन्छ। अप्रमाणित प्रतिलिपिहरू निःशुल्क छन्।
अनलाइन वा मेलमार्फत (अङ्ग्रेजीमा) अर्डर गर्नेबारे पूर्ण विवरणहरू। अर्डर फारमहरू थुप्रै भाषामा उपलब्ध छन्।
जन्म, विवाह, मृत्युका प्रमाणपत्र र अन्य रेकर्डहरू संशोधन गर्न जानकारी र आवेदनहरू अनलाइन (अङ्ग्रेजीमा) उपलब्ध छन्। निवेदन फारमहरू थुप्रै भाषामा उपलब्ध छन्।
महत्त्वपूर्ण रेकर्डहरू अर्डर र परिवर्तन गर्नेबारे पूर्ण विवरण र निर्देशनहरू (अङ्ग्रेजीमा)। निवेदन फारमहरू थुप्रै भाषामा उपलब्ध छन्।
Board of Medical Practice (भर्मन्ट बोर्ड अफ मेडिकल प्राक्टिस) (बोर्ड) ले चिकित्सक (MDs), चिकित्सक सहायक, पोडायट्रिस्ट, एनेस्थेसियोलोजिस्ट सहायक र रेडियोलोजिस्ट सहायकहरूलाई इजाजतपत्र दिन्छ। भर्मन्टका बिरामीहरूको स्वास्थ्य र सुरक्षाको संरक्षण तथा प्रवर्द्धन गर्न, बोर्डले अव्यवसायिक आचरणको उजुरीहरूको छानबिन गर्छ। बोर्डले कुनै चिकित्सा प्रदायकको कार्यहरू अव्यवसायिक थियो भनेर फेला पार्दा, प्रदायकलाई अनुशासनात्मक कारवाही गर्न सकिन्छ। अनुशासनात्मक कारवाही हल्का (हप्काउनु वा थप प्रशिक्षणको आदेश) देखि गम्भीर (निलम्बन वा अभ्यास गर्ने अधिकार गुमाउनु) सम्म हुन सक्छ। बोर्डले अनुसन्धान र अनुशासनात्मक कारवाहीको प्रक्रियामा सम्भव भएसम्म बिरामीहरूको गोपनीयता तथा उनीहरूको स्वास्थ्य जानकारीको सुरक्षा गर्छ।
तपाईंलाई बोर्डद्वारा इजाजतपत्र प्राप्त चिकित्सा पेशेवरका बारेमा कुनै चिन्ता छ भने तपाईंले 16 भाषाहरूमा उपलब्ध उजुरी फारम पूरा गरेर मेल वा इमेल गर्न सक्नुहुन्छ।
थप जानकारीका लागि, Board of Medical Practice लाई इमेल गर्नुहोस् वा 802-657-4220 मा फोन गर्नुहोस्।
भर्मन्टका लगभग आधा वयस्कहरूको घरमा बन्दुक छ। यसबाट तिनीहरूलाई बन्दुकको चोटपटक र मृत्यु, मुख्य रूपमा आत्महत्या र अनजानमा चोटपटकको उच्च जोखिम हुन्छ।
बन्दुक सुरक्षाबारे थप जान्नुहोस् (अङ्ग्रेजीमा)।
भर्मन्टमा जलवायु परिवर्तनको अर्थ हामीसँग तातो गर्मी, छोटो हिउँद, र बारम्बार आउने आँधीबेहरी र बाढी हुनु हो। यी ट्रेन्डहरू जारी रहने अपेक्षा गरिन्छ। हामीले Vermont को हावापानी परिवर्तन र मौसमसँग मानिसहरूले कसरी व्यवहार गर्ने भनी मद्दत गर्न हामीले उपलब्ध गराउने केही जानकारी र सेवाहरू यहाँ छ।
ग���्मीले गम्भीर रोग निम्त्याउन सक्छ। गर्मीका रोगहरू घातक हुन सक्छन्। गर्मी मौसममा कसरी सुरक्षित रहने बारे सुझावहरू फेला पार्नुहोस्।
वातानुकूलितमा विश्राम लिन वा चिसो पानी छर्किनको लागि स्थान खोज्न कूलिङ साइट नक्सा (अङ्ग्रेजीमा) प्रयोग गर्नुहोस्। खुला छ भनी निश्चित गर्न र प्रवेश शुल्कहरू लाग्छ कि भनी जाँच गर्न तपाईं जानुअघि कृपया साइटमा कल गर्नुहोस्। तपाईंलाई कूलिङ साइट फेला पार्न वा त्यहाँ जान थप मद्दत आवश्यक छ भने 2-1-1 मा फोन गर्नुहोस्।
यदि तपाईं ताल वा पोखरीमा जाँदै हुनुहुन्छ भने, पानीमा जानु अघि साइनोब्याक्टेरिया फूलहरू अवश्य हेर्नुहोस्।
जब जङ्गलको आगोको धुवाँको कारण वायुको गुणस्तर खराब हुन्छ, हावाको गुणस्तर अलर्टहरू (अङ्ग्रेजीमा) बारे सूचित रहनुहोस् र हावाको गुणस्तर खराब हुँदा के गर्ने भन्ने बारे जान्नुहोस्।
चिसो, हिउँ र बरफसँगै, जाडो मौसमले तपाईंको स्वास्थ्यमा असर गर्न सक्छ। जाडो मौसममा कसरी स्वस्थ र सुरक्षित रहने फेला पार्नुहोस्।
घर त्यो ठाउँ हो जहाँ हामी सुरक्षित र खुसी महसुस गर्न चाहन्छौं। हामी बस्ने ठाउँलाई सुरक्षित बनाउन धेरै कुराहरू गर्न सक्छौं।
शरीरमा लिडको सुरक्षित स्तर हुँदैन।
शरीरमा लिड धेरै हुनाले वा लिडको विषाक्तताको कारण बच्चाको वृद्धि सुस्त हुने, उनीहरूको विकास र सिकाइमा हानि पुग्ने र व्यवहारसम्बन्धी समस्याहरू आउन सक्छ।
तपाईंको बच्चा 1 वर्ष र फेरि 2 वर्षको उमेर हुँदा लिड परीक्षण गर्ने बारे तपाईंको बच्चाको स्वास्थ्य स्याहार प्रदायकसँग कुरा गर्नुहोस्।
यदि तपाईंको बच्चा हालै संयुक्त राज्यमा आउनुभएको छ भने, 6 महिनादेखि 16 वर्षसम्मका तपाईंका बालबालिकाको परीक्षण बारे तपाईंको बच्चाको स्वास्थ्य स्याहार प्रदायकसँग कुरा गर्नुहोस्।
तपाईंको घरधनीले पेन्टलाई राम्रो अवस्थामा राख्न नियमहरूको पालना गर्न आवश्यक हुन्छ, यसो गर्दा लिड विषाक्तता हुन पाउँदैन। यी नियमहरूबारे थप जान्नुहोस् (अङ्ग्रेजीमा)।
यदि तपाईंको घर मालिकले नियमहरूको पालना गरिरहनुभएको छैन भने, कृपया यो फारम भर्नुहोस् (अङ्ग्रेजीमा) वा 800-439-8550 वा 802-863-7220 मा कल गर्नुहोस्।
रेडन प्राकृतिक रूपमा पाइने रेडियोएक्टिभ ग्याँस हो।
रेडनयुक्त हावामा श्वास फेर्दा तपाईंको जीवनकालमा फोक्सोको क्यान्सर हुने जोखिम बढ्छ।
भर्मन्टका 7 मध्ये 1 घरमा रेडनको मात्रा असुरक्षित छ।
रेडनको नि:शुल्क जाँच सामग्री अर्डर गर्न:
800-439-8550 (भर्मन्टमा टोल-फ्री) मा फोन गर्नुहोस्
[email protected] मा इमेल गरेर
यदि तपाईंले आफ्नो पिउने पानी इनार वा स्प्रिङबाट लिनुभयो भने, यसलाई पिउन सुरक्षित छ भनी सुनिश्चित गर्न नियमित रूपमा प्रदूषकहरूको जाँच गर्नुहोस्।
हामी ब्याक्टेरिया, अजैविक रसायन र कूल अल्फा विकिरणका (Gross Alpha Radiation) लागि तपाईंको इनार वा स्प्रिङ परीक्षण गर्न (अङ्ग्रेजीमा) सिफारिस गर्दछौँ।
तपाईंले Health Department Laboratory लाई 800-660-9997 वा 802- 338-4736 मा फोन गरेर पिउने पानीको परीक्षण सामग्री अर्डर गर्न सक्नुहुन्छ।
तपाईंले सर्वसाधारणलाई खाना बेच्ने वा लजिङ उपलब्ध गराउनुहुन्छ भने, तपाईंलाई धेरैजसो अवस्थाहरूमा स्वास्थ्य विभागको इजाजतपत्र आवश्यक हुनेछ।
सुरु गर्न एकपछि अर्को चरण गर्दै निर्देशनहरूपालना गर्नुहोस् (अङ्ग्रेजीमा)।
तपाईंलाई मद्दत चाहिन्छ भने 802-863-7220 वा 800-439-8550 (भर्मन्टमा) फोन गर्नुहोस्।
तपाईं कुनै रेस्टुरेन्टको खाना विषाक्तताबारे चिन्तित हुनुहुन्छ भने कृपया यो खाद्य तथा लजिङ बिमारी उजुरी फारम (Food & Lodging illness complaint form) भर्नुहोस् (अङ्ग्रेजीमा) वा 800-439-8550 वा 802-863-7220 मा फोन गर्नुहोस्।
तपाईं खाना वा आवाससम्बन्धी व्यवसायको सरसफाइबारे चिन्तित हुनुहुन्छ भने कृपया यो खाद्य तथा लजिङ सरसफाइ उजुरी फारम (Food & Lodging sanitation complaint form) भर्नुहोस् (अङ्ग्रेजीमा) वा 800-439-8550 वा 802-863-7220 मा फोन गर्नुहो���्।
भर्मन्टमा राज्यभरका मानिसहरूलाई मद्दत गर्न कडा मेहनत गर्ने बाह्र वटा स्थानीय स्वास्थ्य कार्यालयहरू छन्। स्थानीय स्वास्थ्यमा काम गर्ने मानिसहरू उनीहरूले काम गर्ने समुदायहरूमै बस्छन्। यसले उनीहरूलाई आफ्ना छिमेकीहरूलाई स्वस्थ रहन के चाहिन्छ भनेर बुझ्न मद्दत गर्छ।
आफ्नो स्थानीय स्वास्थ्य कार्यालय खोज्नुहोस्
यहाँ स्थानीय स्वास्थ्य कार्यालयहरूका माध्यमबाट स्वास्थ्य विभाग सेवाहरू उपलब्ध छन्:
तपाईं गर्भवती हुनुहुन्छ, हालसालै बच्चा जन्माउनुभएको छ वा 5 वर्ष मुनिका बालबालिका छन् भने तपाईंले WIC मा सहभागी भएर आफ्नो परिवारलाई स्वस्थ खाना, स्तनपान/स्तनको दूध खुवाउने सहायता, पोषणसम्बन्धी शिक्षा र अन्य उपयोगी सेवाहरूका लागि रेफरलहरू दिन सक्नुहुन्छ। WIC का बारेमा फेला पार्नुहोस्।
तपाईं 65 वर्षभन्दा कम उमेरको हुनुहुन्छ र बीमा गर्नुभएको छैन वा अन्य केही अवस्थामा हुनुहुन्छ भने तपाईंले आफ्नो स्थानीय स्वास्थ्य कार्यालयमा निःशुल्क केही खोपहरू लगाउन सक्नुहुन्छ। खोपबारे जान्नुहोस्।
स्थानीय स्वास्थ्य कार्यालयहरूले समुदायका साझेदारहरूसँग विद्यालय स्वास्थ्य, आपतकालीन अवस्थाहरूका लागि तयार हुने, रोग तथा लागुपदार्थको दुरुपयोग रोक्ने, काममा स्वस्थ्यता र अन्य धेरै कुराहरूका बारेमा पनि काम गर्छन्।
65 वर्ष वा सो भन्दा माथिका व्यक्तिहरूको लागि लड्नु चोटपटकको प्रमुख कारण हो। तैपनि, लड्नु बुढेसकालको अनिवार्य अंश होइन।
आफ्नो डाक्टरसँग कुरा गर्नुहोस्: लड्नु गम्भीर समस्या नभए पनि, तपाईंको डाक्टरले कुनै पनि चिन्तालाई सम्बोधन गर्न, तपाईंको औषधिहरूको समीक्षा गर्न, र तपाईंको लड्ने जोखिम कम गर्न तपाईंले के गर्न सक्नुहुन्छ भनेर जान्न मद्दत गर्न सक्नुहुन्छ।
भिटामिन D खान विचार गर्नुहोस्: अनुसन्धानले भिटामिन D सेवन गर्नु लड्नबाट बच्ने एक तरिका हो भन्ने देखाउँछ। भिटामिन D तपाईंका लागि सही छ कि छैन भनेर आफ्नो डाक्टरसँग कुरा गर्नुहोस्।
सुरक्षा जाँच गर्नुहोस्: आफ्नो घरलाई तपाईं र अरूका लागि सुरक्षित स्थान बनाउनुहोस्। यो गाइडको पालना गर्नुहोस् (अङ्ग्रेजीमा)।
सन्तुलन र तागत सुधार गर्नुहोस्: सन्तुलन र तागत सम्बन्धी व्यायाम, जस्तै कि Tai Chi बाट मजबुत रहनुहोस्
घरेलु हिंसाबाट जो कोही पनि प्रभावित हुन सक्छ। घरेलु हिंसा, वा दुर्व्यवहार, एक हिंसात्मक वा हेरफेर गर्ने व्यवहारको ढाँचा हो जुन कसैले आफ्नो आत्मीय पार्टनरमाथि शक्ति र नियन्त्रण हासिल गर्न र कायम राख्न प्रयोग गर्दछ। यो ढाँचा शारीरिक, भावनात्मक, आर्थिक र/वा यौन हुन सक्छ।
यी मध्ये कुनै पनि प्रश्नको हो जवाफ दिनुको अर्थ तपाईं अपमानजनक सम्बन्धमा हुनुहुन्छ वा हुने जोखिममा हुनुहुन्छ भन्ने हुन सक्छ। यो तपाईंको गल्ती होइन, तपाईं एक्लै हुनुहुन्न, र मद्दत उपलब्ध छ। मद्दत प्राप्त गर्नका लागि वा भर्मन्ट नेटवर्क हेर्नुहोस् वा निम्न नम्बरमा कल गर्नुहोस्:
घरेलु हिंसा हटलाइन: 800-228-7395
यौन हिंसा हटलाइन: 800-489-7273
संघीय तथा राज्य कानुनहरूले युवाहरूलाई धुम्रपान, भेपिङ र अन्य सुर्तीजन्य पदार्थ प्रयोगको हानिकारक प्रभावहरूबाट जोगाउन मद्दत गर्दछ। भर्मन्टमा, सुर्तीजन्य उत्पादनहरू खरिद गर्न र राख्नका लागि तपाईं 21 वर्षको हुनुपर्छ। यद्यपि, धेरै किशोर किशोरीहरूले सामाजिक सञ्जाल, साथीहरू र परिवार मार्फत चुरोट, सिँगार, भेप र धुम्रपानरहित सुर्तीजन्य पदार्थ पाउँछन्। विकासशील मस्तिष्क तथा शरीरको लागि स्वास्थ्य जोखिमहरू थाहा पाउनु सुर्तीजन्य पदार्थ सुरु गर्न र छोड्ने प्रयासहरूलाई उत्प्रेरित गर्नका लागि महत्त्वपूर्ण छ। तथ्यहरू प्राप्त गर्न भर्मन्टको युवा भेपिङ रोकथाम शिक्षा ��भियान Unhyped (अङ्ग्रेजीमा) हेर्नुहोस्।
भर्मन्टको सुर्तीजन्य पदार्थ रोकथाम शिक्षा स्रोत, CounterBalance (अङ्ग्रेजीमा), मा युवा प्रयोगकर्ताहरूलाई आकर्षित गर्ने र राख्ने स्वादयुक्त सुर्तीजन्य उत्पादनहरू र भ्रामक सुर्तीजन्य पदार्थ तथा भेप उद्योग मार्केटिङ अभ्यासहरू बारे थप जान्नुहोस्।
802Quits 18 र सो भन्दा माथिका वयस्कहरूका लागि भर्मन्टको निःशुल्क सुर्तीजन्य पदार्थ उपचार संसाधन हो। 802Quits ले तपाईंका लागि बनाइएको योजनाबाट मानिसहरूलाई सुर्तीजन्य पदार्थ र निकोटिन छोड्न मद्दत गर्दछ। फोन कोचिङ, औषधि, अनलाइन सुझाव तथा टुलहरू, पाठ सन्देश र व्यक्तिगत रूपमा वा अनलाइनमार्फत साथी-साथी बीच सहयोगका साथ आफ्नो सफलता बढाउनुहोस्। 1-800-QUIT-NOW (1-800-784-8669) मा कल गरेर वा 802quits.org (अङ्ग्रेजीमा) मा गएर थप जान्नुहोस्।
My Life My Quit ले भेपिङ वा धुम्रपान छाड्न चाहने किशोर किशोरीहरूलाई टेक्स्ट र फोनको माध्यमबाट निःशुल्क, गोप्य सहयोग प्रदान गर्दछ। कार्यक्रमहरू विशेषगरी युवाहरूका लागि डिजाइन गरिएका छन् र प्रभावकारी साबित भएका छन्। 36072 मा Start My Quit टेक्स्ट गर्नुहोस् वा कुनै कोचसँग कुराकानी गर्न mylifemyquit.org (अङ्ग्रेजीमा) मा जानुहोस्।
चुरोटको धुवाँले हावामा हजारौं खतरनाक, क्यान्सर निम्त्याउने रसायनहरू उत्सर्जन गर्दछ। इलेक्ट्रोनिक वाष्प उत्पादनहरू -- वा भेपहरू - अल्ट्राफाइन कणहरूका साथ हानिकारक रसायनहरू पनि उत्सर्जन गर्छन् जसले श्वासप्रश्वासका रोग��रू निम्त्याउन सक्छ जब तिनीहरूलाई श्वास तानिन्छ। सेकेन्ड ह्यान्ड धुवाँ वा भेप उत्सर्जनको कुनै पनि मात्रा श्वास लिनका लागि सुरक्षित छैन। आफूलाई र आफूले माया गर्ने व्यक्तिहरूलाई जोगाउन यी कदमहरू चाल्नुहोस्:
सेकेन्ड ह्यान्ड धुम्रपानबारे थप जानकारीका लागि, सेकेन्ड ह्यान्ड धुम्रपान (अङ्ग्रेजीमा) वा सेकेन्ड तथा थर्ड ह्यान्ड धुम्रपान (अङ्ग्रेजीमा) मा जानुहोस्।
उच्च रक्तचाप वा हाइपरटेन्सनलाई चिकित्सकीय विधिअनुसार र आफ्नो जीवनशैली परिवर्तन गरेर उपचार गर्न सकिन्छ। जस्तै; धुम्रपान सेवन गर्न छोडेर, नियमित व्यायाम गरेर र स्वस्थ खाना खाएर। चिकित्सकीय उपचारमा सामान्यतया औषधि खाने कुरा समावेश हुन्छ।
तपाईंलाई उच्च रक्तचापबाट हुने जोखिम र तपाईंको उच्च रक्तचाप व्यवस्थापन गर्ने तरिकाबारे बुझ्न आफ्नो डाक्टरसँग कुराकानी गर्नुहोस्।
प्रशस्त मात्रामा फलफूल र तरकारीहरू खाएर र शारीरिक रूपमा सक्रिय रहेर सबैजनाको शारीरिक र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्न सकिन्छ।
विभिन्न रङ्गका फलफूल र तरकारी खानुहोस्। ताजा, जमाएका वा डिब्बामा राखिएका सबै खानेकुरा खाँदा हुन्छ। यसका साथै थोरै प्रोटिन भएका (कुखुरा, माछा, टोफु, सिमी, बदाम र बीउजन्य) र सिङ्गो अन्न खानुहोस्। सम्भव भएसम्म अरू मानिससँग खाना बाँडेर खानाले अरू मानिससँग राम्रो सम्बन्ध बनाउँछ।
तपाईंलाई खानेकुरा पाउन र खानाको पैसा तिर्नमा मद्दत चाहिएको खण्डमा यहाँ हेर्नुहोस् (अङ्ग्रेजीमा)। तपाईंको सबैभन्दा नजिक रहेको खानेकुरा पाउने ठाउँ फेला पार्ने, पोषण सहायतासम्बन्धी कार्यक्रमहरूमा नाम टिपाउने तरिका र सस्तो मूल्यमा खाना तयार गर्ने सुझावहरू प्राप्त गर्नका लागि यहाँ हेर्नुहोस्।
वयस्कहरूले प्रति हप्ता 150 मिनेट वा प्रति हप्ता पाँच दिन 30 मिनेट शारीरिक क्रियाकलापहरू जस्तै; छिटो-छिटो हिँड्ने, बाइकिङ, नृत्य, दौड वा आफूलाई मनपर्ने कुनै गतिविधि गरेर लाभ उठाउँछन्। यी क्रियाकलापहरूले गर्दा वयस्कहरूको मुटुको धड्कन झनै छिटो हुन्छ। उक्त क्रियाकलापलाई दिनभरिमा तीन पटक 10 मिनेटको सत्रहरूमा विभाजन गर्न सकिन्छ। उक्त क्रियाकलापलाई अझै रमाइलो बनाउन तपाईंसँग सामेल हुने साथी वा परिवारको सदस्य पाउनुहोस्।
बालबालिका तथा युवाहरूले हरेक दिन कम्तीमा 60 मिनेटको मध्यमदेखि कडा किसिमको शारीरिक क्रियाकलाप गरेर लाभ उठाउन सक्छन्। उक्तमा घर बाहिर खेल्ने, नृत्य गर्ने, खेल खेल्ने वा शारीरिक शिक्षासम्बन्धी कक्षाहरूमा सहभागी हुने कुरा समावेश हुन्छन्।
शारीरिक रूपमा सक्रिय हुने तरिकाबारे थप कुराहरू बुझ्न सुरु गर्ने प्रेरणाका लागि Move Your Way (अङ्ग्रेजीमा) हेर्नुहोस्!
भर्मन्टमा मदिरा वा अन्य लागूपदार्थ सेवन गरेर मोटर सवारी चलाउने कार्यलाई गैरकानुनी मानिन्छ। तपाईं मदिरा सेवन गरेर सवारी-साधन चलाउने कसुरमा दोषी ठहरिएको खण्डमा तपाईंको कुनै प्रतिबन्ध नभएको सवारी चालक अनुमतिपत्र फिर्ता पाउन आफ्नो समस्याग्रस्त चालक पुनर्स्थापना कार्यक्रम अनिवार्य रूपमा भर्नुपर्छ।
समस्याग्रस्त चालक पुनर्स्थापना कार्यक्रम (अङ्ग्रेजीमा) बारेमा थप जान्नुहोस्। तपाईं 802-651-1574 मा सम्पर्क गर्न सक्नुहुन्छ वा [email protected] इमेल गर्न सक्नुहुन्छ।
तपाईं वा तपाईंले चिन्ने कोही मानिस आत्महत्या गर्ने बारेमा सोच्दै हुनुहुन्छ भने 988 डायल गर��र 988 आत्महत्या तथा सङ्कट लाइफलाइन मा फोन गर्नुहोस् वा 741741 मा VT टेक्स्ट गर्नुहोस्।
तपाईं आफ्नो वा प्रियजनको सुरक्षाका बारेमा चिन्तित हुनुहुन्छ वा तपाईंलाई आपतकालीन उपचार सेवाहरू चाहिन्छ भने 9-1-1 मा फोन गर्नुहोस्। जोखिमका कारकहरू पत्ता लगाउनुहोस्, चेतावनीका सङ्केतहरू पहिचान गर्नुहोस् र सङ्कटअघि र सङ्कटको समयमा मद्दत प्राप्त गर्न सम्पर्क गर्नुहोस्।
तपाईंले सुई भेट्टाउनुभयो भने तपाईंले निम्न कार्यहरू गर्नुपर्छ:
तपाईं हिँड्नुहुन्छ, सवारी साधन वा बाइक चलाउनुहुन्छ भने विशेष गरी शरद र जाडोयामको छोटो दिनमा सडकमा हेर्न र अरूले देख्ने गरी हिँड्नु जरूरी छ। यी सुझावहरू पालना गर्नुहोस्:
तपाईं रातीको समयमा सवारी साधन चलाउनु हुन्छ भने:
रातीमा सवारी साधन चलाउँदा पालना गर्नुपर्ने सुरक्षाका उपायहरू बारे थप जान्नुहोस् (अङ्ग्रेजीमा)।
अङ्ग्रेजी वा अनुवादित शीर्षकमा प्रयोग गरिएको कुनै पनि शब्दद्वारा खोजी गर्न तालिकाको माथिको खोज बाकसमा टाइप गर्नुहोस्। तपाईं यी हेडिङहरूमध्ये कुनै पनि हेडिङमा क्लिक गरेर अनुवादित शीर्षक (Translated Title) वा अङ्ग्रेजी शीर्षक (English Title) द्वारा पनि श्रेणीबद्ध गर्न सक्नुहुन्छ।
यो कागजात व्यावसायिक तरिकाले अनुवाद गरिएको थियो। यो Google Translate बाट अनुवाद गरिएको थिएन। यद्यपि, यो कागजातका धेरै लिङ्क Google Translate प्रयोग गर्न सकिने अङ्ग्रेजी पृष्ठहरूमा जान्छन्।
Google Translate ले अनुवाद गर्न कम्प्युटर प्रोग्रामहरूको प्रयोग गर्छ। यसले सबै जानकारी अनुवाद गर्न सक्दैन। अनुवाद सटीक वा सही नहुन सक्छ।
स्वचालित अनुवाद (कम्प्युटर प्रोग्रामहरूमार्फत गरिने) पूर्ण सही हुँदैन र यसले मानव अनुवादकहरूलाई प्रतिस्थापन गर्ने अभिप्राय राख्दैन। वेबसाइटका प्रयोगकर्ताहरूलाई Google अनुवादहरूको पहुँच सेवाको रूपमा र "जस्ताको तस्तै" उपलब्ध गराइन्छ। अङ्ग्रेजीबाट अन्य कुनै पनि भाषामा गरिएका यी जुनसुकै अनुवादहरूको शुद्धता, विश्वसनीयता वा सच्याउनेमा कुनै पनि प्रकारको व्यक्त वा निहीत वारेन्टी हुँदैन। अनुवाद सफ्टवेयरको सीमितताहरूले गर्दा केही विषयवस्तु शुद्ध रूपमा अनुवाद नहुन सक्छन्।